२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग २३ रनले पराजित हुँदै नेपाल एसियाडको क्वाटरफाइनलबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा सम्पन्न खेलमा भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै, सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

कुशल मल्लले २२ बलमा २९ रन जोड्दा कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे ।

भारतका लागि रवि विश्रोई र आवेश खानले ले ३–३, अर्शदीप सिंहले २ तथा शाई किशोरले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो ।

भारतका यसस्वी जैसवालले शतकीय इंनिङ्स खेले । उनले ४९ बलमा १०० रन जोडे । यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

भारतले अब बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।