१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया गएका बिमलले एफसी चितवनबाट एनएसएल खेल्ने



अ+ अ-

काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग(एनएसएल) खेल्ने भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जनाएका छन् ।

‍बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि ललितपुर सिटी एफसीका मार्की खेलाडी रहेका उनले क्लबसँगको सम्झौता रद्द गरेका थिए ।

बिमलले छोडेपछि उनको स्थानमा क्लबले अनन्त तामाङलाई ल्याएको थियो ।

अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले चितवन एफसीबाट खेल्ने बताएका छन् । यस्तै एफसी चितवनले पनि यसबारे पुष्टि गरेको छ ।

एनएसएलको दोस्रो संस्करण आउँदो ८ मंसिरबाट सुरु हुँदैछ । टोलीमा ९ टोलीले सहभागिता जनाउनेछन् ।

p://