१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटलिन क्यारिको र ड्रिउ वेइसम्यानलाई चिकित्सामा नोबेल पुरस्कार



अ+ अ-

एजेन्सी । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ ।

कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोप विपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्दछ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउँदछ र सङ्क्रमणको अनुकरण गर्दछ र वास्तविक भाइरसको सामना गर्दा प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्दछ ।

नोबेल पुरस्कार समितिले भनेको छः “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएका थिए ।”

विश्व स्वास्थ्य सङ्गठनले मार्च २०२० मा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा ‘एमआरएनए’ खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोगका लागि स्वीकृति दिइएको थियो । त्यसयता विश्वभरि यस प्रविधि अन्तर्गत अर्बौं मात्रा खोप प्रयोग गरिएको छ ।

“अन्य कोभिड खोपसँग मिलेर यसले लाखौंको ज्यान बचाएको छ र धेरैलाई गम्भीर सङ्क्रमणबाट जोगाएको छ,” पुरस्कार समितिले भनेको छ ।

वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

अमेरिकी विश्वविद्यालयका ६८ वर्षीय कारिको र ६४ वर्षीय वेसम्यानले आफ्नो अनुसन्धानका लागि विभिन्न पुरस्कार जितेका छन् ।

कोभिड महामारीका समय मोडर्ना र फाइजर बायोएनटेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएका थिए ।