६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

केटलिन क्यारिको र ड्रिउ वेइसम्यानलाई चिकित्सामा नोबेल पुरस्कार

केटलिन क्यारिको र ड्रिउ वेइसम्यानलाई चिकित्सामा नोबेल पुरस्कार
अ+ अ-

एजेन्सी । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने पुरस्कार छनौट समितिले जनाएको छ ।

कमजोर भाइरस वा भाइरसको प्रोटिनको मुख्य टुक्रा प्रयोग गर्ने परम्परागत खोप विपरीत ‘एमआरएनए’ प्रविधिले आनुवंशिक अणुहरू प्रदान गर्दछ जसले कोषहरूलाई कुन प्रोटिन बनाउने भनेर बताउँदछ र सङ्क्रमणको अनुकरण गर्दछ र वास्तविक भाइरसको सामना गर्दा प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्दछ ।

नोबेल पुरस्कार समितिले भनेको छः “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएका थिए ।”

विश्व स्वास्थ्य सङ्गठनले मार्च २०२० मा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा ‘एमआरएनए’ खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोगका लागि स्वीकृति दिइएको थियो । त्यसयता विश्वभरि यस प्रविधि अन्तर्गत अर्बौं मात्रा खोप प्रयोग गरिएको छ ।

“अन्य कोभिड खोपसँग मिलेर यसले लाखौंको ज्यान बचाएको छ र धेरैलाई गम्भीर सङ्क्रमणबाट जोगाएको छ,” पुरस्कार समितिले भनेको छ ।

वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

अमेरिकी विश्वविद्यालयका ६८ वर्षीय कारिको र ६४ वर्षीय वेसम्यानले आफ्नो अनुसन्धानका लागि विभिन्न पुरस्कार जितेका छन् ।

कोभिड महामारीका समय मोडर्ना र फाइजर बायोएनटेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएका थिए ।