• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

आगोले जलेका व्यक्तिहरुको सम्मेलनमा सहभागी हुन सांसद भण्डारी अमेरिका प्रस्थान



काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीमा फिनिक्स सोसाइटीले आयोजना गरेको जलेर घाईते भएकहरुको वार्षिक सम्मेलनका लागि सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सांसद भण्डारीले आगामी शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ । उहाँका साथमा धर्मपत्नी डा लक्ष्मी पाण्डेय, प्रा डा शंकरमान राई, मोहन डंगोल ९फिजियो थेरापी० पनि अमेरिका प्रस्थान गर्नुभएको छ ।