८ भाद्र २०८३, सोमबार
,
Latest
भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा प्रहरी र अनेरास्ववियुका कार्यकर्ताबीच झडप



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनमा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि अनेरास्ववियुका कार्यकर्ताले प्रदर्शन गर्नेक्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ । 

नगर कमिटी अध्यक्ष घिमिरको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अनेरास्ववियुले जाकारी दिएको छ । 

तस्बिरः सरोज पोखरेल