१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दिने भ्रमण पुरा गरी भारतीय सेनाका उच्च अधिकारी आलोक कक्कर स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी आलोक कक्कर नेपालको छ दिने भ्रमणका लागि काठमाडौं आईपग्नु भएको छ ।

नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित कुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

कक्करले पोखरामा आयोजित एक र्‍याली कार्यक्रमका बीच वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गर्नुभएको भारतीय दूताबासले जनाएको छ त्यस्तै उप रथी कक्करले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन पनि गर्नुभयो ।

यो पोलिक्लिनिक भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने भूपू भारतीय सैनिक र उनीहरुका परिवारका लागि महत्वपूर्ण हुनेछ । यस पोलिक्लिनिकले सुदूरपूर्व क्षेत्रका ५ हजार भन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।