२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल गुमाउने भएका छन् ।

उनी पूर्णरुपमा फिट नभएकाले पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता न्यूजिल्याण्डले आफ्नो पहिलो खेल अक्टोबर ५ मा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ ।

न्यूजिल्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडका अनुसार चोटबाट निको हुँदै गरेका विलियम्सनले इंग्ल्याण्डविरुद्ध खेल्ने छैनन् ।

आईपीएल २०२३ (३१ मार्च) को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध बाउन्ड्री लाइनमा क्याच लिन खोज्दा विलियम्सन घाइते भएका थिए । उनको दाहिने घुँडामा चोट लागेको थियो ।

यसपछि उनी पूरै सिजन यस लिगबाट बाहिर भए । विलियमसन न्युजिल्यान्ड फर्किए र अप्रिलमा शल्यक्रिया गरेका थिए । उनी आईपीएलको यो सिजनमा गुजरात टाइटन्सको टिममा थिए ।

विश्वकप खेल्ने न्युजिल्यान्डको टोलीः
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम (उप–कप्तान, विकेटकीपर), डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी र विल यंग ।

एकदिवसीय विश्व अक्टोबर–नोभेम्बरमा ४६ दिनसम्म भारतमा हुनेछ, जसमा ४८ खेल हुनेछन् । पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा गत विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच हुनेछ । नोभेम्बर १२ सम्म लिग चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।