६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
अ+ अ-

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिँदै कार्यक्रम सम्पन्न गरिएको हो ।

दोलखा र रामेछापको सिमानामा पर्ने पर्यटकीय क्षेत्र शैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा क्याप्टेन विजय लामा, अभिनेता निखिल उप्रेती, गायक यशकुमार, लोक गायक प्रेमराजा महतलगायत दुई सयभन्दा बढीको सहभागिता थियो ।

बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो । विभिन्न ठाउँमा स्थानीयहरुले गरेको सम्मान तथा स्वागतमा रमाउँदै पर्यटकहरू शैलुङसम्म पुगेका थिए । सोही दिन साँझ गाडीमा खोलाखर्क पुगेको टोलीलाई खोलाखर्कमा स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको थियो । त्यहाँ स्थानीयले सगुनस्वरुप प्याला (स्थानीय रक्सी), घ्यु र नुन राखेर पकाइएको चिया ९स्युच्या० खुवाएर पाहुनाको सम्मान गरेका थिए ।

त्यसपश्चात पर्यटकहरू करिब ३५ मिनेटको पैदलयात्रामा शैलुङ पुगेका थिए । करिब ५० वटा गाडीमा लामबद्ध भएर गएका विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध पर्यटकले स्थानीय परिकारको स्वाद लिँदै शैलुङको थुम्कामा क्याम्पिङ टेन्टभित्र बसेका थिए ।

यही असोज ११ देखि १३ गतेसम्म आयोजना गरिएको कार्यक्रममा कलाकार गरिमा शर्मा, स्वानिका बास्तोला, लेखक बुद्धिसागर, डा रञ्जित बराल, हास्यकलाकार कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जुलगायत प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे, चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कुटनैतिक नियोगका प्रतिनिधिलगायत फरक–फरक क्षेत्रमा संलग्न व्यक्तित्वहरूको सहभागीता थियो ।

कार्यक्रम संयोजक अमरदीप भट्टराईले भौगोलिक हिसाबले गाह्रो हुँदाहुँदै पनि शैलुङमा कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । पर्यटकहरूलाई एड्भेञ्चर महशुस गराउने उद्देश्य पूरा भएको बताउँदै उहाँले कार्यक्रमले शैलुङको पर्यटन प्रवर्द्धनमा निकै ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो ।

कार्यक्रम अवधिभर स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिएको भन्दै उहाँले भन्नुभयो, “स्थानीय खाना खाँदै सो स्थानको प्रवर्द्धन गर्ने प्रयास सफल भयो ।” स्पार्क एड्भेञ्चरको टोलीलाई स्वागत गर्न दोलखा र रामेछापका स्थानीय सरकार र तथा बागमती प्रदेश सरकारका प्रतिनिधिहरू समेत सहभागी भएका थिए ।

करिब पाँच घण्टा लगाएर शैलुङ आसपासबाट स्वस्फूर्त पुगेका स्थानीयले विभिन्न स्थानीय झाँकी, सांस्कृतिक नृत्यलगायतको प्रस्तुति दिएका थिए । स्पार्क कारका अनुसारका यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक भएको हो । आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम आयोजना भइरहनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रममा सहभागी क्याप्टेन विजय लामाले यस किसिमको एड्भेञ्चर कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो । उहाँले स्पार्क कारको यस किसिमको काम आफैंमा साहसिक भएको समेत सुनाउनुभयो ।

क्याप्टेन लामाले भन्नुभयो, “साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष अवलोकन गर्न पाएँ । पर्यटनमार्फत यहाँका स्थानीयको भविष्य उज्जवल बन्ने सम्भावना देखेको छु ।” उहाँले शैलुङ सुनको कचौरा भएको र यसलाई स्थानीय समूदाय, जनप्रतिनिधि तथा समग्र मुलुकले चिन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

अभिनेता निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा आउँदा निकै आनन्दित भएको प्रतिक्रिया दिनुभयो । लोक गायक प्रेम राजा महतले यस किसिमको कार्यक्रमले मुलुको पर्यटन प्रवर्द्धन भई आर्थिक समृद्धी हासिल गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्पार्क कारको यस किसिमको कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।”

सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्टकीय क्षेत्र हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ पनि हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो । यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले बताउनुभयो । “नेपाल चिनाउने यस किसिमको अभियानलाई हामीले निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो । रासस