३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

६२ वर्षीया महिलाले रेशमी कपडामा बुनिन् पूरै श्रीमद्भागवत गीता



अ+ अ-

एजेन्सी । शौख यस्तो चीज हो, जसले मानिसलाई ठूलो काम गर्न लगाउँछ । भारतको आसामस्थित जोरहाटमा बस्ने ६२ वर्षीया हेमप्रभाले बाल्यकालमा कपडा बुन्ने काम सिकेकी थिइन् तर समयसँगै त्यो उनको रुची बन्यो ।

उनले यस्तो बनाएकी छन् जसको आज सर्वत्र चर्चा भइरहेको छ । वास्तवमा उनले रेशमी कपडामा बुनेर भगवद् गीताका श्लोकहरू तयार गरेकी छन्, जसलाई देखेर तपाई पनि छक्क पर्नुहुनेछ ।

इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको यो भिडियोमा हेमप्रभा ह्यान्डलुममा कपडा बुनिरहेको देखिएकी छिन् । संस्कृत, अङ्ग्रेजी र असमिया भाषाहरूमा श्रीमद्भागवत गीताका श्लोकहरू कपडामा देखिन्छन् ।

उनले २ वर्षमा २५० फिट लामो कपडामा संस्कृतमा भगवद् गीता तयार गरेकी थिइन् । यसपछि उनले कपडामा भगवद् गीताका श्लोकहरू असमिया र अंग्रेजीमा बुनिन् । तर, उनी अंग्रेजी पढ्न जान्दिनन् ।

यस भिडियोलाई हालसम्म ७० हजार बढी मानिसले हेरिसकेका छन् । यस्तै, २५ हजार बढीले प्रतिक्रिया जनाएका छन् । उनीहरुले हेमप्रभाको तारिफ गरेका छन् । एक प्रयोगकर्ताले भने, ‘राष्ट्रिय अवार्डले सम्मान गर्नुपर्छ । अर्का प्रयोगकर्ताले उनको नाम विश्व कीर्तिमानमा समावेश गर्नुपर्ने बताएका छन् ।