• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मूल्यवृद्धि स्वचालित प्रणाली हो, यसमा सरकारको भूमिका छैन– प्रधानमन्त्रीको सचिवालय



काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका नरहेको स्पष्ट गरेको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधका बारेमा यसमा सरकारको हात नरहेको स्पष्ट गर्नुभएको हो ।

दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ दिँदै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत मूल्य निर्धारण हुने र यसमा सरकारको भूमिका नहुने बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “नेपालमा पनि गएको असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भूमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालितरुपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ । आशा गरौँ चाडपर्वको मुखमा मूल्य वृद्धिका कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ ।”