• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टोटेनहमले लिभरपुललाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

अन्तिम समयतिर खेल सकिनै लाग्दा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे । उक्त गोलले नै टोटेनहम २–१ गोलले विजयी बन्यो । टोटेनहमका पेड्रो पोर्रोले क्रस गरेको बलमा उनले आत्मघाती गोल गर्न पुगे ।

यता, खेलको २६ औं मिनेटमा कर्टिस जोन्स र ६९ औं मिनेटमा डिओगो जोटाले रातो कार्ड खाँदै बाहिरिएपछि लिभरपुल ९ खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै टोटेनहम ७ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल समान खेलबाट १६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।