७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन



अ+ अ-

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३–० गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

भारतलाई उपाधि दिलाउन मंग्लेनथान किप्जेनले दुई तथा गोगमसेर गोयारीले एक गोल गरे । किप्जेनले खेलको ६४ औं तथा ८५ औं मिनेटमा गोल गरे भने गोयारीले इन्जुरी समयमा एक गोल थपे ।

योसँगै भारतले तेस्रोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो ।