६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै

घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
अ+ अ-

तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ ।

सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताउनुभयो ।

“असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ ।” यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो ।

हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ । रु एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो ।

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले रु एक करोड ४२ लाखमा लिएको छ । सोही कम्पनीले पनि काम सुरु गरेको छ ।

दुई लेन सडक मर्मतका लागि रु दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो । जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् ।

ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए । सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो ।

यअसघि विसं २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवाचोकबाट घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो ।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो । तर उक्त सडकको काम पेटीठेकेदारलाई जिम्मा दिइएको थियो । पाँच वर्षमा आठ जना पेटी ठेकेदार फेरिए पनि काम भने समयमा पूरा हुन सकेन ।