३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले रिलिज हुँदैछ ‘केजीएफ ३’ ?



अ+ अ-

एजेन्सी । यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम डिसेम्बर २०२३ देखि सुरु हुनेछ । यो जानकारी प्रोडक्सन हाउस होम्बले फिल्म्सले दिएको हो ।

होम्बलेका प्रवक्ताका अनुसार फिल्म केजीएफको पाँच वर्ष पूरा भएको अवसरमा डिसेम्बर २१ मा केजीएफ ३ को घोषणा गरिने छ ।

‘केजीएफ ३’का निर्देशक, निर्माता र मुख्य कलाकारबीच पहिलो चरणको छलफल भएको छ भने कथाको बारेमा पनि छलफल भएको छ । फिल्मको छायांकन अक्टोबर २०२४ मा सुरु हुनेछ र यो २०२५ मा रिलिज हुनेछ ।

केजीएफ फ्रान्चाइजी २०१८ मा सुरु भएको थियो । यसपछि, २०२२ मा, केजीएफ २ पनि सफल भयो र कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२०० करोडको कलेक्सन गरेको थियो ।

यो विश्वभरमा भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूमध्ये चौथो नम्बरमा छ । यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म हो ।

यशले केजीएफ गर्नुअघि ९ फिल्ममा काम गरिसकेका थिए तर २०१८ को फिल्म केजीएफबाट उनले वास्तविक स्टारडम पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइलाई निकै मन पराइएको थियो । फिल्मले २५० करोड कमाएको थियो । यो फिल्मसँगै कन्नड सिनेमाले देशभर पहिचान पायो ।