२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले रिलिज हुँदैछ ‘केजीएफ ३’ ?



अ+ अ-

एजेन्सी । यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम डिसेम्बर २०२३ देखि सुरु हुनेछ । यो जानकारी प्रोडक्सन हाउस होम्बले फिल्म्सले दिएको हो ।

होम्बलेका प्रवक्ताका अनुसार फिल्म केजीएफको पाँच वर्ष पूरा भएको अवसरमा डिसेम्बर २१ मा केजीएफ ३ को घोषणा गरिने छ ।

‘केजीएफ ३’का निर्देशक, निर्माता र मुख्य कलाकारबीच पहिलो चरणको छलफल भएको छ भने कथाको बारेमा पनि छलफल भएको छ । फिल्मको छायांकन अक्टोबर २०२४ मा सुरु हुनेछ र यो २०२५ मा रिलिज हुनेछ ।

केजीएफ फ्रान्चाइजी २०१८ मा सुरु भएको थियो । यसपछि, २०२२ मा, केजीएफ २ पनि सफल भयो र कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२०० करोडको कलेक्सन गरेको थियो ।

यो विश्वभरमा भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूमध्ये चौथो नम्बरमा छ । यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म हो ।

यशले केजीएफ गर्नुअघि ९ फिल्ममा काम गरिसकेका थिए तर २०१८ को फिल्म केजीएफबाट उनले वास्तविक स्टारडम पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइलाई निकै मन पराइएको थियो । फिल्मले २५० करोड कमाएको थियो । यो फिल्मसँगै कन्नड सिनेमाले देशभर पहिचान पायो ।