७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो



अ+ अ-

काठमाडौँ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।

नेपाली समयानुसार आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । यद्यपि, नेपालले समूहमा जापानलाई पछि पार्यो । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

चार–चार टिममध्ये समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमलाई मेडल प्रदान गरिनेछ ।