२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किदै हुनहुन्छ । आठ दिनको चीन भ्रमण सकेर प्रधानमन्त्री दाहाल चीनको छेन्दुबाट स्वदेश फर्कनु लाग्नु भएको हाे ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो । न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुका साथै अन्य द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालल छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चिन पुग्नु भएको थियो । दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमासमेत सहभागिता जनाउन चीन पुग्नु भएका दाहालले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभयो ।

तस्बिरः प्रदीपराज वन्त