१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपः उपाधिका लागि भारत र पाकिस्तान भिड्दै



अ+ अ-

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो ।

असोज ४ गतेदेखि काठमाडौँमा शुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्सले सहभागिता जनाएका थिए ।