६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

विश्वकपमा इंग्ल्याण्डका खेलाडी सबैभन्दा पाका, अफगानी स्पिनर नुर अहमद टुर्नामेन्टकै कान्छा

विश्वकपमा इंग्ल्याण्डका खेलाडी सबैभन्दा पाका, अफगानी स्पिनर नुर अहमद टुर्नामेन्टकै कान्छा
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका छन् । प्रत्येक टोलीमा १५–१५ खेलाडीहरू छन् । अर्थात् प्रतियोगितामा जम्मा १५० खेलाडीको सहभागिता रहेको छ ।

जसमध्ये अफगानिस्तानका १८ वर्षीय स्पिनर नूर अहमद सबैभन्दा कान्छो छन् भने नेदरल्याण्डका ३९ वर्षीय वेजली बरेसी सबैभन्दा जेठो छन् ।

यता, इंग्ल्यान्ड टोलीको औसत उमेर ३१ वर्ष ४ महिना रहेको छ जुन १० टोलीमध्ये सबैभन्दा बढी हो । अफगानिस्तानको टोली २४ वर्षको औसत उमेरका साथ सबैभन्दा कान्छो रहेको छ ।

इंग्ल्याण्डः
डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपमा सबैभन्दा पाको टोली हो । टोलीको औसत उमेर ३१ वर्ष ४ महिना छ । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा बढी छ । ३६ वर्षीय मोइन अली सबैभन्दा जेठो खेलाडी हुन्, उनी टोलीमा रहेका ३६ वर्षका डेभिड मलानभन्दा साढे दुई महिना जेठा हुन् । २४ वर्षीय ह्यारी ब्रुक सबैभन्दा कान्छा खेलाडी हुन् ।

अष्ट्रेलियाः
अस्ट्रेलियाको औसत उमेर ३१ वर्ष २ महिना रहेको छ । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा माथि छ भने एक खेलाडी २५ वर्षभन्दा कम छन् । ३६ वर्षीय बायाँ हाते ब्याट्सम्यान डेभिड वार्नर टोलीका सबैभन्दा पाका खेलाडी हुन् भने २४ वर्षीय अलराउन्डर क्यामरुन ग्रीन सबैभन्दा कान्छो खेलाडी हुन् ।

भारतः
टीम इन्डियाको औसत उमेर ३० वर्ष ७ महिना रहेको छ । ३७ वर्षका स्पिनर रविचन्द्रन आश्विन सबैभन्दा पाको उमेरका छन् भने २४ वर्षका ओपनर शुभमन गिल टोलीमा सबैभन्दा कान्छो छन् । ८ खेलाडीको उमेर ३० वर्ष माथि छ । रोहित शर्मा ३६ र विराट कोहली ३४ वर्षका छन् । टोलीका ६ खेलाडी २५ देखि २९ वर्ष उमेर समूहका छन् ।

न्युजिल्याण्डः
न्यूजिल्याण्ड टोलीको औसत उमेर पनि ३० वर्ष ७ महिना छ । फास्ट बलर टिम साउथी र ट्रेन्ट बोल्ट ३४–३४ वर्षका छन् तर साउथी बोल्टभन्दा ७ महिना जेठो छन्, त्यसैले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । २३ वर्षीय अलराउन्डर रचिन रविन्द्र सबैभन्दा कान्छो हुन् । उनी बाहेक ग्लेन फिलिप्स (२६) र मार्क च्यापम्यान (२९) मात्र ३० भन्दा कम छन् । बाँकी १२ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बीचमा छ ।

दक्षिण अफ्रिकाः
दक्षिण अफ्रिका टोलीको औसत उमेर ३० वर्ष छ । ३४ वर्षीय रस्सी भान डर डुसेन सबैभन्दा जेठा छन् । २२ वर्षीय फास्ट बलर जेराल्ड कुट्जी सबैभन्दा कान्छो हुन् । टोलीमा ३० वर्ष मुनिका थप ५ खेलाडी छन् । ९ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बीचमा छ ।

नेदरल्याण्ड्सः
नेदरल्याण्ड्स टोलीको औसत उमेर २८ वर्ष ४ महिना छ । प्रतियोगिताका १५० खेलाडीमध्ये दायाँ हाते ब्याट्सम्यान भेजली बरेसी ३९ वर्षका सबैभन्दा पाका खेलाडी हुन् । टोलीमा २०–२० वर्षका आर्यन दत्त, विक्रमजीत सिंह र शरिज अहमद पनि छन् । तर तीमध्ये आर्यन सबैभन्दा कान्छो हुन्, उनको जन्म सन् २००३ मेमा भएको थियो । टोलीका ९ खेलाडीको उमेर २० देखि २९ वर्ष र ६ खेलाडी ३० वर्षभन्दा माथिका छन् ।

पाकिस्तानः
पाकिस्तानी टोलीको औसत उमेर २७ वर्ष ६ महिना छ । २२ वर्षीय फास्ट बलर मोहम्मद वासिम जुनियर सबैभन्दा कान्छो खेलाडी हुन् । टोलीमा १२ खेलाडी ३० वर्ष मुनिका छन् । जहाँ फखर जमान र इफ्तिखार अहमद ३३–३३ वर्षका छन्, तर फखर ५ महिना ठूला भएकाले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । टोलीका कप्तान बाबर आजम २८ वर्षका छन् ।

श्रीलंकाः
श्रीलंका टोलीको औसत उमेर २७ वर्ष ३ महिना छ । ३५ वर्षका ओपनर दिमुथ करुणारत्ने सबैभन्दा पाका खेलाडी हुन् । जबकि बायाँ हाते स्पिनर डुनिथ भेलालागे र फास्ट बलर मथिश पाथिराना मात्र २०–२० वर्षका छन् । तर भेलालागे पाथिरानाभन्दा एक महिना कान्छा छन्, त्यसैले उनी टोलीका सबैभन्दा कान्छो खेलाडी हुन् । टोलीमा १० खेलाडीको उमेर २० देखि २९ वर्ष र ५ खेलाडीले ३० वर्ष नाघेका छन् ।

बंगलादेशः
बंगलादेश टोलीको औसत उमेर २७ वर्ष २ महिना छ । ३७ वर्षीय महमुदुल्लाह रियाद सबैभन्दा पाका खेलाडी हुन् भने २० वर्षीय फास्ट बलर तान्जिम हसन साकिब कान्छा खेलाडी हुन् । कप्तान शकिब अल हसन (३६ वर्ष) र मुस्फिकुर रहिम (३६) को उमेर पनि ३५ वर्षभन्दा माथि छ । बाँकी १२ खेलाडीको उमेर २० देखि २८ वर्षसम्म रहेको छ ।

अफगानिस्तानः
अफगानिस्तान टोलीको औसत उमेर २४ वर्ष रहेको छ । १८ वर्षीय बलर नूर अहमद टोलीका कान्छो खेलाडी हुन्, उनी प्रतियोगिताका सम्पूर्ण १५० खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी पनि हुन् । ३८ वर्षीय मोहम्मद नाबी टोलीका सबैभन्दा पाका खेलाडी हुन् । उनीहरुबाहेक रहमत शाह (३०) र नजिबुल्लाह जद्रान (३०) ३० वर्षभन्दा माथि छन् । बाँकी सबै खेलाडीको उमेर २९ वर्ष मुनिका छन्, जसमध्ये ११ जनाको उमेर १८ देखि २४ वर्षको बीचमा छ ।