• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

रामोसको आत्मघाती गोलमा बार्सिलोनाको जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले पराजित गरेको हो ।

खेलको ७६ औं मिनेटमा सेभियाका डिफेन्डर सर्जियो रामोसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले जित हात पार्यो ।

जितसँगै बार्सिलोना ८ खेलबाट २० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । सेभिया भने ७ खेलबाट ७ अंकका साथ १२ औं स्थानमा छ ।