२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु



अ+ अ-

पेरिस । फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ । 

रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताउनु भएको छ । तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो । 

मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गर्नु भएको थियो । त्यसपछि उहाँ सन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न हुनु भएको थियो ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताउनुभयो । (रासस–एएफपी)




भर्खरै