१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन



अ+ अ-

काठमाडौँ । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा र्यालीसहितको विरोध प्रर्दशन गरेका हुन ।

गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रर्दशन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । उहाँले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिनुभयो ।

महन्थ वैष्णवले भन्नुभयो, ‘८४ प्रतिशत यो हिन्दुको देशमा एउटा अराजकतास्थिति दुुईदेखि गरिराखेका छन गौहत्या । तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको बिरोधमा हामी जनकपुरधाममा बिरोध र्याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ । गौ हाम्रो सनातनको देउता हो । मातातुल्य हो । यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध ¥याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’

जानकी मन्दिरबाट निकालिएको सो र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।