२८ कार्तिक २०८१, बुधबार
,
Latest
ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द निर्मला पन्त प्रकरण: प्रत्यक्षदर्शी भएको दाबी गर्ने व्यक्ति पक्राउ बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ: कुलमान घिसिङ निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी पर्वतीय मुलुकका नागिरकले भोगेको समस्या प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण: राष्ट्रपति पौडेल ‘कंगुवा’ नेपालमा रिलिज नहुने ताजकिस्तानसँग भिड्दै नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन: स्वास्थ्यमन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।

उहाँले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताउनु भयो । दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानून ल्याएपनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा सरकार गम्भिर भएर लाग्ने बताउनु भयो । शान्ती सुरक्षाको हिसावले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताउनु भयो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘दरबन्दी यही ढंगबाट रहिरह्यो भने यस्ता घटनाहरु जतिसुकै कडा कानूनी प्रतिवद्धता जायर गरेपनि समस्या समाधान गर्न सक्दैनौं । हरेक छलफलमा दरबन्दीका कुरा उठाइरहेको छु । यो कुरामा प्रधानमन्त्री पनि गम्भिर हुनुभएको छ । यो अन्तिम अवस्थामा पुगेको छ । सुर्तिजन्य पदार्थमा उठेको करलाई मात्रै व्यवस्थित गर्दै क्यान्सर रोगको उपचार र दरबन्दी शुरु गर्न सकियो भने राम्रो हुन्छ । यो विषय धेरै पोजेटिभ भएको छ । चिकित्सा शिक्षा ऐनले केही राम्रो पक्ष पनि शुरुवात भएको छ । तर, त्यो शुरुवात भएको कुरालाई हाम्रो राष्ट्रले पुगेन । स्वास्थ्यकर्मीहरु निकै कम उत्पादन भयो । यही अवस्था रहे सीता खोजे झैँ खोज्नुपर्ने हुन्छ ।

ऐनको परिमार्जनको कुरा मैले उठाएँ । एकथरी साथीले यो कुरा उठाउनु भयो भने तपाईको राजिनामा माग्न सक्छन् भने । तर म बोलीरहे । यो विषय वस्तु गम्भिर छ भनेरपनि प्रधानमन्त्री ज्युले भन्नुभएको थियो । अहिले चिकित्सा शिक्षा ऐनमा भएको कमजोरी सुधार्न संशोधन प्रकृया अगाडी जाने प्रक्रियामा छ । चिकित्सा शिक्षा आयोगले प्रदान गरेको छात्रवृत्तिमा झन्डै तीन अर्ब वार्षिक खर्च हुन्छ । अहिलेकै अवस्थामा २९ हजार नर्स चाहिन्छ । अहिले स्थानीय तहमा पनि स्वास्थ्यकर्मी चाहिएको छ ।

अहिले छात्रवृत्ति कोटामा थपिएको अवस्था छ । दरबन्दी बढाउन सकिएन भने एउटा डाक्टरले चार जना बराबरको काम गर्न सक्दैन । म माननीय ज्युहरुलाईपनि भन्न चाहन्छु, कोही बिरामी पर्‍यो, बेवारिसे छ, भने तपाईहरुले मलाई टिपाईदिनुहोस् । पैसा नभएको कारणले कोही व्यक्ति त्यसै मर्न पर्दैन । हामीले यस्ता खालका बिरामीहरुलाई तीन चार जनादेखि १७/१८ जनासम्मलाई अस्पताल पठाएका छौँ । यसमा डाक्टर साबहरुले सहयोग गर्नुभएको छ । शान्ती सुरक्षाको हिसावले यो क्षेत्रलाई व्यवस्थित गर्ने हामी सबैको दायित्व हो ।’

मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताउनु भयो ।