२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिटकिरीको यी उपायले पति–पत्नीको मनमुटावदेखि आर्थिक संकटसम्म सबै कुरा हट्नेछ



अ+ अ-

एजेन्सी । वास्तु शास्त्रमा यस्ता धेरै उपायहरू बताइएको छ जसको माध्यमबाट मानिसले धेरै प्रकारका दोषबाट मुक्ति पाउन सक्छ ।

वास्तु शास्त्र वास्तवमा हाम्रो जीवनलाई सजिलो बनाउने प्रणाली हो । वास्तु शास्त्रमा घरमा प्रयोग हुने यस्ता धेरै कुराको उपाय बताईएको छ, जसलाई प्रयोग गर्नाले नकारात्मकताका साथसाथै घरको धेरै समस्याहरु पनि हट्छन् । यी मध्ये एक हो फिटकिरी, जसको प्रयोगले मानिसलाई धेरै फाइदा हुन्छ ।

नकारात्मकतालाई यसरी हटाउँछ

यदि तपाईको घरमा नकारात्मकता फैलिएको छ भने घरको कुनै कुनामा फिटकिरी राख्नुहोस् । यसो गर्नाले केही समयमै नकारात्मकताबाट मुक्ति मिल्छ । साथै, यदि तपाईंको घरको वास्तु राम्रो छैन भने रातो कपडामा फिटकरी बाँधेर भान्सामा राख्नुहोस् । यसो गर्नाले वास्तु दोष हट्छ । यसका साथै जीवनका धेरै समस्याबाट पनि मुक्ति मिल्छ ।

श्रीमान्–श्रीमतीबीच मनमुटाव हुनेछैन

यदि बिना कारण श्रीमान्–श्रीमतीको सम्बन्धमा दरार आउँछ वा मनमुटाव जारी रहन्छ भने फिटकिरीको यो उपाय प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो सुत्ने कोठाको झ्याल नजिकै एउटा कचौरामा फिटकिरी राख्नुहोस् । यसो गर्नाले पति–पत्नीको सम्बन्ध मधुर बन्न जान्छ ।

आर्थिक संकट हट्नेछ

यदि कसैलाई आर्थिक नोक्सान भइरहेको छ भने, उसले आफ्नो पर्समा फिटकरीको सानो टुक्रा राख्नुपर्छ । यसो गर्नाले कम पैसा खर्च हुन्छ र घरमा समृद्धि आउँछ ।

स्वास्थ्यमा लाभ मिल्नेछ

यदि कसैको स्वास्थ्य लगातार बिग्रन्छ भने बिरामीको टाउकोमा फिटकिरीलाई उल्टो दिशामा सात पटक घुमाएर बाहिर फालिदिनुहोस् । यसो गर्नाले स्वास्थ्यमा सुधार देखिन्छ । यसका साथै सिरानीमुनि फिटकिरीको टुक्रा राखेर सुत्दा दुःस्वप्नबाट बचाउँछ ।