३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य

शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य
अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर), : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै विदेशी पर्यटक मात्रै शुक्लाफाँटा घुम्न जाने गरेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटामा ठूलो घाँसे मैदान (फाँट) छ ।

जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले विसं २०२४ मा सिकार खेलेको थिए भने एक रात बाससमेत बसेका थिए । हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेको भनाइ छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो ।

वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीबिरङ्गी फूलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँट छन । जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा हीरापुर फाँट छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुईवटा बाटो छन् । एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्काेलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । उक्त मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्यावलोकन गर्न र तस्बिर लिने गर्छन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्तरूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ । करिब आठ÷दश वर्ष पहिला यहाँका सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको इतिहास छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति रहेका छन् । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सयभन्दा बढी बाह्रसिङ्गा छन । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ३६ वटा पाठेबाघ रहेका छन् ।

निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । शुक्लाफाँटाको क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्ज कार्यालयले पर्यटक भित्र्याउनका लागि पाँच वर्षको कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो ।

“निकुञ्जको व्यवस्थापन, वन्यजन्तु संरक्षण र पर्यटकको सहजताका लागि निकुञ्जभित्र बाटो मर्मतदेखि विभिन्न काम गरिरहेका छौँ ”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “यहाँको प्रचारप्रसारमा कमी भएका कारण पर्यटकको सङ्ख्या न्यून छ ।” उहाँले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भए पनि प्रचारप्रसारमा कमी रहेको बताउनुभयो । यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षित गन्तव्य भए पनि यसको प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

“शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु सहजै देख्न सकिन्छ तर प्रचारप्रसार भएन”, उहाँले भन्नुभयो, “सीमित समयका लागि जङ्गल सफारी खुल्ने कारणले पनि पर्यटकको कमी भएको हो ।” उहाँले यहाँको प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार यो वर्ष छ सय ८५ पर्यटक भित्रिएका छन् । तर यो नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छोडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधै काठमाडौँ पोखरालगायतका सहर घुम्न जाने गरेको बताउनुभयो । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय ४२ जना विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

सेप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क हेर्दा तेस्रो मुलुकका पर्यटक न्यून छन् । चालु आवको हालसम्म सार्क मुलुकका एक सय ५८ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । गत वर्ष एक सय पाँच विदेशी पर्यटकले मात्रै यहाँ भ्रमण गरेका छन् ।रासस