• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियाली खेलकुद: पौडीमा नेपालका डुवाना र नासिर हिट चरणबाटै आउट



काठमाडौँ । हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।