• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

प्रधानमन्त्री दाहाल ल्हासामा – (भिडियो /फोटो)



ल्हासा (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुग्नुभएको छ ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुग्नुभएका हो ।

उहाँलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुभयो । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम छ । उहाँले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँ आज ल्हासामै बस्नुहुनेछ । उहाँका साथमा उहाँको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर जानुभएको थियो । छिङछोङमा रहँदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिनुभएको थियो ।रासस

फोटो -प्रदिपराज वन्त