३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक’

पर्यटन ऐन तत्काल अघि बढाउन माग

‘पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक’
अ+ अ-

काठमाडौँ । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरको ‘हाम्रो पर्यटन, अब कता ?’ विषयक अन्तरक्रियामा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन् । उनीहरुले विद्यमान ऐन, कानूनहरुले पर्यटन क्षेत्रको विकास सम्भव नहुने भन्दै ऐन, कानूनलाई समयानुकुल परिमार्जन गर्दै समृद्ध बनाउनुपर्ने बताएका छन् । त्यस्तै विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना हुनुपर्ने पनि बताएका छन् । कार्यक्रममा बोल्दै पर्यटन विभागका निर्देशक कालिप्रसाद भुजेलले पर्यटन विभागलाई नै नेपालको कुनै ऐन, कानूनले नचिन्ने अवस्था रहेको बताउनु भयो । उहाँले पर्यटन विभागले मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेको बताउनु भयो । उहाँले ऐनले विभागलाई निश्चित बाटोहरु दिएमा काम अगाडी बढाउन सकिने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालको विकासमा पर्यटन क्षेत्रको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पर्यटन विभागलाई हाम्रो कुनै ऐन, कानूनले चिन्दैन । पर्यटन ऐन लगायत हामीले जतिपनि ऐनहरुमा काम गरिरहेका छौँ, हामीले जुन काम गरिरहेका छौँ तिनीहरुले पर्यटन विभाग भन्ने नै चिन्दैन । हामी मन्त्रालयको सचिवले दिएको अधिकार प्रत्यायोजनबाट काम गरिरहेका छौँ । अब नयाँ बन्ने ऐनले पक्कैपनि चिन्नेछ । हामीहरुलाई पनि केही निश्चित बाटाहरु दिनेछ । र हामी त्यसबाट काम अगाडी बढाउने छौँ । नेपालमा पर्यटन भन्दा बाहेकको विकल्प पनि खासै देखिँदैन । उत्पादनमुखि उद्योगहरु हामीले सञ्चालन गरेर विश्व बजारमा बेच्न सक्ने अवस्था हामीमा छैन । त्यसकारण हामीले पर्यटन कसरी भित्राउने र त्यसबाट कसरी देशलाई अगाडी बढाउने भन्ने विषय मात्रै हो । पर्यटक भित्राउन सकेमात्रै हाम्रो भविष्य उज्वल छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले व्यक्तिपिच्छे फरकफरक बाटो हिँड्ने गरिएको भन्दै पर्यटन विकासका लागि एउटै बाटो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिमा स्पष्टता दिएपछि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटनको विकासका लागि अध्ययन गर्न विज्ञ समूह नै बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पर्यटनको विकासमा जाने कहाँ व्यक्ति अनुसारको बाटो बनाइयो यो सबभन्दा गलत हो । पर्यटन कस्तो बनाउने भन्नेमा एउटा गहन छलफल गरौँ । विज्ञ राखौँ । एउटा मार्गदर्शन बनाऔँ । हाम्रो पर्यटनमा यो काम गर्ने हो । योभन्दा बाहिर जाने होइन । प्रधानमन्त्री फेरिँदैमा प्रधानमन्त्रीले बोल्ने भाषा फेरिनु भएन । मुख्य मार्गदर्शन जुन कोरिएको छ । त्यसमा हिँड्नुप¥यो । गन्तव्य के हो थाहा छैन । व्यक्तिपिच्छेको बाटो भएर कहिले यो देश बन्छ ? नीतिगत रुपमा हामी स्पष्ट छैनौँ । नीति स्पष्ट नभएपछि व्यक्तिपिच्छेको भएको हो । नीति स्पष्ट भएपछि पूर्वाधार निर्माणमा आउनुपर्छ । पर्यटन ऐन तुरुन्त अगाडी बढाउनुप¥यो ।’

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा हाल भएका कानूनहरुको कार्यान्वयन भएमात्रै पनि धेरै राहत हुने बताउनु भयो । उहाँले ऐन, कानून भएर मात्रै नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्ने मान्छेपनि उपयुक्त हुनुपर्ने बताउनु भयो । उहाँले सम्बन्धित मन्त्रालयको मन्त्रि, सचिव र सरोकारवाला अन्य व्यक्तिहरु पर्यटन क्षेत्र बुझेको भएमात्रै यस क्षेत्रको विकासमा काम गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भइरहेको नियम, कानूनहरु पूर्ण रुपमा कार्यान्वयन हुन् । मानिलिउँ सय प्रतिशत काम नहोला । तर नेपालका ऐन, नियम, नियमावलीहरु मैले देख्दा, मैले पर्यटन बोर्डमा पनि मेरो सधैँ डिस्कस यसैमा रहन्छ, भइरहेका विद्यमान नियम, कानूनहरु पूर्ण रुपमा तपाईले ५० प्रतिशतभन्दा माथि मात्रै कार्यान्वयन गरिदिनुभयो भने धेरै राहत हुन्छ । धेरै गर्न सकिन्छ । अनि त्यो कार्यान्वयन गर्ने मान्छे चाहीँ उपयुक्त हुनुपर्छ । उपयुक्त नहुने मान्छे जानुहुन्न । मन्त्रि, सचिव पर्यटन बुझेको मान्छे आउनुपर्छ ।’

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन क्षेत्रको विकासमा पहिलो चुनौतिको रुपमा पूर्वाधारको अवस्था रहेको बताउनु भयो । उहाँले त्यसका साथै नीतिगत स्थिरता र नेतृत्व स्थिर हुन नसक्दा पनि यस क्षेत्रमा समस्या भएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्र विगत ४० वर्ष अघिको जत्तिको पनि राम्रो हुन नसकेको टिप्पणी हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पहिलो चुनौति हाम्रो पूर्वाधारको अवस्था नै हो । त्यसमा बहशको जरुरी नै छैन । यो अकाट्य सत्य हो । सबैभन्दा ठूलो चुनौति आजका दिनमा पुर्वाधारकै चुनौति छ । अर्को चुनौति नीतिगत स्थिरता, नेतृत्वको स्थिरताले पनि हाम्रो प्राथमिकता मेन्टेन गर्न दिएको छैन । पर्यटन क्षेत्रमा विगतदेखि लागिरहेको मान्छेहरु आजभन्दा ४० वर्ष अगाडी नेपालको पर्यटक एकदम राम्रो थियो । तर अहिले झनझन खस्किदै आएको छ भन्नुहुन्छ । त्यो कारणहरुमा हाम्रो फोकस भिजनमा काम गर्ने वातावरण नभएर पनि होला ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले देशको नीति पर्यटनमैत्री नभएको भन्दै पर्यटनमैत्री नीति बनाउनु जरुरी रहेको बताउनु भयो । उहाँले पर्यटकलाई विमानस्थल, अध्यागमनमा समस्या हुने गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै संघीय सरकारले पर्यटन विकासका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पर्यटनमैत्री नीति बनाउनु जरुरी छ । पर्यटनमैत्री नीति भएन । विमानस्थलदेखि नै समस्या छ । अध्यागमनमा पनि समस्या छ । कर्मचारीलाई व्यक्तिगत रुपमा खुशी नबनाएमा काम नहुने । पर्यटन गन्तव्यहरुको संरक्षण, पर्यटनसँग सम्बन्धित सम्भावना बोकेको ठाउँलाई संरक्षण गर्दै गुरुयोजना अनुसार नै काम गर्नुपर्छ । तत्कालिन, अल्पकालिन र दिर्घकालिन गुरुयोजनाको कन्सेप्टमा गइदिने हो भने स्थानीय सरकारले पनि त्यसैमा टेकेर बाध्यता भएर उसले अन्त खर्च नगरीकन त्यहाँ भएका पर्यटन गन्तव्यहरुलाई नै संरक्षणतिर लगानी गर्नुपर्ने देखिन्छ । यो नै मुख्य बिन्दु हो जस्तो मलाई लाग्छ ।’

होटल एशोसिशयन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालमा दिन प्रतिदिन होटलहरु थप भइरहेका भन्दै यसमा खुशी हुनुपर्ने बताउनु भयो । उहाँले होटल सञ्चालन क्षमताको एकतिहाइ क्षमतामा मात्र होटल सञ्चालन भइरहेको बताउनु भयो । उहाँले काठमाडौं, भैरहवा र पोखराको विमानस्थल राम्रोसँग चलाउन सके ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा होटल क्षेत्र रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं, भैरहवा, पोखराको विमानस्थल राम्रोसँग चलाउने हो भने हामीले ३५ लाख पर्यटकलाई हामी सेवा दिनसक्छौँ । त्यो क्षमता हामीसँग आजै छ । हाम्रो समस्या भनेको पूर्वाधार नै हो । पर्यटन, होटलको जति ह्याण्डिल गर्ने हाम्रो क्षमता हो, त्यसको हाराहारीमा हामी एकतिहाईको क्षमतामा मात्रै सञ्चालन भएको छ । बैंकबाट कर्जा लिएको छ । साँवा, ब्याज तिर्ने कसरी हो भन्ने चुनौति नै हो हाम्रो लागि ।’

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटक आवागमन गर्ने सडक चुस्त, दुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै पर्यटकहरुलाई घुम्नका लागि एकद्वार प्रणाली बनाउनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बाटोलाई चुस्त, दुरुस्त राख्नुप¥यो । एउटा पर्यटक जति पनि ठाउँमा घुम्नको लागि जान खोज्छ, उसको लागि एकद्वार प्रणाली बनाउनु प¥यो । डिजिटाइज गर्नुप¥यो । पर्यटकलाई दिने सेवा, सुविधामा एकद्वार प्रणाली ल्याउनुपर्छ । यसले उनीहरुलाई घुम्न सहज हुन्छ ।’

टुरिष्ट गाइड एशोसिशयन अफ नेपाल (टुर्गान)का अध्यक्ष बद्री नेपालले देशमा अनुभवी गाइडहरु घट्दै गइरहेको बताउनु भयो । उहाँले टुरिष्ट गाइडहरु प्रोत्साहित हुन नसकेको बताउनु भयो । उहाँले गाइडहरु दुई महिना काम गरेर बाँकी १० महिना बेरोजगार बस्नुपर्ने अवस्था आउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अनुभवी गाइडहरु घट्दै गइरहनुभएको छ । हामीलाई प्रोत्साहित गरिएको छैन । दुई महिना गाइड पाइएन भनिन्छ, तर त्यो गाइड दुई महिना काम गरेर अर्को दश महिना बाँच्न सक्ला ? हामीले उसलाई वर्षभरी इन्गेज गराउन सकिएन भने हामीले त्यो दुई महिनाको मात्रै संख्या हेरेर गाइड पुगेन भन्नु कति उपयुक्त होला ? अरु बेला हजारौँ गाइडहरु सुतेर बसेको अवस्थालाई मध्यनजर गर्नुपर्छ कि भन्ने मलाइ लाग्छ ।’

कार्यक्रममा बोल्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष तारालाल धरेलले नेपालमा पर्यटनको विकासका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रलाई समृद्ध बनाउनका लागि विज्ञ समूह बनाएर काम गर्नुपर्ने बताउनु भयो । नेपाल डिजिटल रुपमा कमजोर रहेको उल्लेख गर्दै उहाँले यसलाई बलियो बनाए धेरै पर्यटक ल्याउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘डिजिटल्ली हामी अलि कमजोर छौँ । नेपालमा यदी साँच्चिकै पर्यटक ल्याउने हो भने, नेपाललाई साँच्चिकै पर्यटनबाट समृद्ध बनाउछौँ भने डिजिटल केही न केही भएको छ, जहाँ पुग्नुपर्ने हो, जति हुनुपर्ने हो त्यति डिजिटल मार्केटिङ हामीले विश्वव्यापी रुपमा गर्न सकेका छैनौँ । विज्ञ समूह बनाऔँ, नीजि क्षेत्र, सरकारी निकाय र व्यवसायिक संघसंस्थाको विज्ञ समूह बनाएर योजना बनाएर अघि बढ्नुपर्छ ।’

उहाँले हवाइ उडानका कारण पर्यटकहरुले धेरै कष्ट भोग्नु परिरहेको भन्दै यसतर्फ पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।