३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोभिड उपचार गर्न सहज र सस्तो उपाय !

कोभिड उपचार गर्न सहज र सस्तो उपाय !
अ+ अ-

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो "गन्ध प्रशिक्षण" गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन्। गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुँघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ।

सहज र सस्तो
अन्तर्राष्ट्रिय विज्ञहरूको एक समूहले यस्तो प्रशिक्षण सहज र सस्तो हुने बताए। स्टेरोइड वर्गको औषधिको प्रयोगमा जस्तो यसको कुनै अन्य खराब प्रभाव पनि हुँदैन ।  ज्वरो तथा खोकीसहित गन्ध हराउनु पनि कोरोनाभाइरस सङ्क्रमणको एक मुख्य लक्षण हो।

अधिकांश मानिसहरूमा कोभिड निको भएपछि चाँडै नै घ्राणशक्ति पनि फर्किन्छ। तर पाँच जनामध्ये झन्डै एक जनामा भने दुई महिना बितिसक्दा पनि गन्ध पूर्ण नफर्किएका विवरण आएका छन्।

यो समस्याको उपचारका निम्ति चिकित्सकहरूले कोर्टिकोस्टेरोइड औषधि सिफारिस गर्ने गरेका छन्। यसले शरीरमा सुजन कम गराउँछ। दमको उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ।

तर यूनिभर्सिटी अफ इस्ट एङ्ग्लिया नरिच मेडिकल स्कूलका प्राध्यापक कार्ल फिल्पोट भन्छन्ः उपलब्ध प्रमाणहरू केलाउँदा कोर्टिकोस्टेरोइडको प्रभावकारिता खासै देखिँदैन।

"साथै तिन औषधिका प्रमाणित अन्य खराब प्रभाव पनि छन्। त्यसैले हाम्रो सुझाव यसको सिफारिस हुनुहुँदैन भन्ने नै छ," उनले भने। "राम्रो कुरा के हो भने कोभिडका कारण गन्ध गुमाएका अधिकांश मानिसहरूले फेरि स्वतः घ्राणशक्ति प्राप्त गर्छन्।" स्टेरोइड वर्गको औषधिको दुष्प्रभावमा उच्च रक्तचाप तथा "मूड स्विङ" भनिने मानसिक अवस्था र व्यवहारमा आउने छिटोछिटो परिवर्तन पनि पर्छ।

कसरी गर्ने प्रशिक्षण
त्यसैले प्रतिष्ठित जर्नल इन्टरन्याश्नल फोरम अफ एलर्जी एन्ड राइनोलजीमा विज्ञहरूले ‍औषधि प्रयोगको साटो "गन्ध प्रशिक्षण" को सुझाव दिएका छन्। यसमा मानिसहरूलाई विशिष्ट गन्ध भएका र सजिलै पहिचान गर्न सकिने चार प्रकारको गन्ध सुँघिरहन सुझाव दिइएको छ । उदाहरणका निम्ति सुन्तला, पुदिना, लसुन र कफी।

कैयौँ महिनासम्म प्रत्येक दिन दुई पटक यी चिज सुँघ्न उनीहरूले सुझाएका छन्। प्राध्यापक फिल्पोटका अनुसार उनको अनुसन्धानमा यसो गर्दा ९० प्रतिशत मानिसहरूको घ्राणशक्ति छ महिनाभित्र फर्किएको पाइयो।

तर यदि घ्राणशक्ति फर्किएन भने पनि यस्तो गन्ध प्रशिक्षणले मानिसको मस्तिष्कलाई भिन्नभिन्न गन्ध छुट्ट्याउन पुनर्प्रशिक्षित गर्न सक्छ। "यो उपचार न्युरोप्लास्टिसिटीमा आधारित छ – जसमा मस्तिष्कले कुनै परिवर्तन वा क्षतिबाट पार पाउन आफूलाई पुनर्संगठित गर्ने गर्दछ," उनले भने।