२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाः बाबुराम, उपेन्द्रको प्रस्ताव महन्थलाई अस्वीकार



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा विवाद उत्पन्न भएको छ ।

आज बसेको नेताहरूको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने माग राख्नुभएको थियो ।

अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायतले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएपछि विवाद आएको हो । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुग्न सकेनन् । 

पार्टीभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने धारणा राख्दै आउनुभएको छ । यता ठाकुर, महतोलगायतका नेताहरू भने अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा रहनुभएको छ ।