२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु भएको छ । वार्तामा कामपा प्रमुख बालेन्द्र (बालेन) शाह उपस्थित हुनुभएको छैन । महानगरले ई सँग वार्ता गर्न बनाएको वार्ता टोलीका प्रतिनिधि र अभियन्ता ई: का टोलीबीच वार्ता सुरु भएको हो ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा सामाजिक अभियन्ता ई: ले राष्ट्रिय सभागृहअघि पछिल्लो दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन् । वार्तामा कामपा प्रमुख शाह नआउने भएपछि अभियन्ता ई: पनि वार्तामा नआएका हुन् ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानून विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धीरज जोशी सहभागी छन् ।

त्यस्तै अभियन्ता ई:को टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरका उपप्रमुख सुनिता डंगोलले आजै अभियन्ता ई: लाई गएर भेटेर ई: ले उठाएका मागहरुप्रति महानगर संवेदनशील रहेको बताउनुभएको थियो । यसअघि महानगरप्रमुख शाहसँग अभियन्ताहरुले भेट्न खोजे पनि समय नदिइएको आरोप ई: ले लगाएका थिए ।