२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ: मन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताउनु भयो ।

उहाँले २०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनु भयो । उहाँले तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको छ । जसअनुसार हामीले आगामी दिनहरुमा जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपी तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन । हाम्रो देशको सन्दर्भमा एलपी ग्याँसको बढी खपत घरायसी प्रयोजनमा हुने गरेको पाइन्छ ।

यसका अलावा, यातायात तथा उद्योग क्षेत्रमा पनि ग्यासको प्रयोग हुँदै आएको पाइन्छ । ग्यास आयातमा वर्षेनी अर्बौं रुपैयाँ देश बाहिर गइरहेको तीतो यथार्थका बाबजुद एलपी ग्यास उद्योग नेपालको महत्वपूर्ण उद्योग मध्येको एक हो । यसले देशमा राजश्व अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय अभिवृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्नुमा ठूलो योगदान गरेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाड पर्वमा अन्य उपभोग्य वस्तुको अलावा एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुमगन गरिनेछ ।’

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।