५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुमगन हुन्छ: मन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुमगन गर्ने बताउनु भयो ।

उहाँले २०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनु भयो । उहाँले तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०४५ सम्म शुन्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज,उर्जालाई स्वच्छ एवं नविकरणीय उर्जाले बिस्थापित गर्ने नीति लिएको छ । जसअनुसार हामीले आगामी दिनहरुमा जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको छ । यद्यपी तत्कालै देशभित्र नविकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भइ नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न सकिँदैन । हाम्रो देशको सन्दर्भमा एलपी ग्याँसको बढी खपत घरायसी प्रयोजनमा हुने गरेको पाइन्छ ।

यसका अलावा, यातायात तथा उद्योग क्षेत्रमा पनि ग्यासको प्रयोग हुँदै आएको पाइन्छ । ग्यास आयातमा वर्षेनी अर्बौं रुपैयाँ देश बाहिर गइरहेको तीतो यथार्थका बाबजुद एलपी ग्यास उद्योग नेपालको महत्वपूर्ण उद्योग मध्येको एक हो । यसले देशमा राजश्व अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय अभिवृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्नुमा ठूलो योगदान गरेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाड पर्वमा अन्य उपभोग्य वस्तुको अलावा एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुमगन गरिनेछ ।’

मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गर्नुभयो । उहाँले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।