२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनु भयो । उहाँले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताउनु भयो । उहाँले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताउनु भयो । उहाँले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताउनु भयो । उहाँले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताउनु भयो । उहाँले जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरुका मागहरु समय सापेक्ष रुपमा सम्बोधन गर्दै जान्छ । केही मागहरु सम्बोधन गर्नुपर्ने छ । मागहरु सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरुमा मागहरु चाँडै सम्बोधन गर्नेछौं । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने हिसावले आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउनुपर्ने आवश्यकता छ ।

आयल निगम गएको आर्थिक वर्ष नाफामा रह्यो । स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहन्छौं । सधैँभरी नेपाल आयल निगम घाटामा रह्यो भन्ने अवस्था पनि होइन । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । कम्तिमा जनतालाई ओनर सिप सबैलाई इन्धन चाहिएको छ । इन्धन पहिलो र इन्धनको आपूर्ति दोस्रो कुरा हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले ओनरसिप लिनको लागि पनि आइपी जारी गर्नुपर्छ । व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी आयल निगमले तयारी गरिरहेको अवस्थामा छ । केही समय लाग्छ । अघिल्ला दुई आर्थिक वर्षमा घाटामा रहेकाले केही समय लाग्छ । तर निगम आईपीओ जारी गर्ने तयारीमा छ ।’

नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गर्नुभयो । उहाँले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताउनु भयो। उहाँले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताउनु भयो ।

उहाँले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताउनु भयो । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाउनु भयो ।