२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ’ (भिडियो)



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताउनु भएको हो ।

उहाँले केही प्रतिबन्धात्मक व्यवस्थासहित जिल्ला प्रशासन कार्यालयले आईतबार नयाँ आदेश जारी गरेको र सो आदेशमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाउने र १२ वर्ष भन्दामाथिका विद्यार्थीका हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने गरी सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सबै किसिमका परीक्षाहरु विशेषतः स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेट आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरु सञ्चालन गर्न पाउने पनि जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले आगामी फागुन १ गतेबाट दोहोरी, नाचघर, क्लव लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल जस्ता सेवाहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन गर्न सक्ने पनि बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र त्यसको विश्लेषण सम्भावित प्रभाव समेतलाई मूल्यांकन गर्दै, समीक्षा गर्दै विभिन्न मितिमा यस कार्यालयबाट केही प्रतिवन्धात्मक व्यवस्थाहरु सहित आदेश जारी भएको थियो र हिजो मात्रै थप नयाँ आदेश जारी भएको छ । यसले कोभिडको पछिल्लो संक्रमणको अवस्था र त्यसले पार्ने जोखिम, त्यसको पछिल्लो ट्रेनसमेतका आधारमा अहिले केही गतिविधिहरुलाई थोरै लचिलो बनाइएको छ ।

त्यसअन्तर्गत विशेषतः आगामी फागुन १ गतेबाट विद्यालयहरु सञ्चालन गर्ने, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु, जनस्वास्थ्यका मापदण्ड पालना गरी फगुन १ गतेदेखि सञ्चलन गर्ने, विद्यालय सञ्चालन गर्दा विशेषतः १२ वर्ष भन्दा माथिका विद्यार्थीका हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने भन्ने छ । सबै किसिमका परीक्षाहरु विशेषतः स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेड आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरु सञ्चालन गर्ने । दोहोरी, नाचघर, क्लव लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल जस्ता सेवाहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राती १० बजे भन्दा माथि नजाने गरी फागुन १ गतेबाट सञ्चालन गर्न सक्ने ।

पार्टी प्यालेसमा विशेषतः पूर्ण खोप लगाएका १०० जनामा नबढ्ने गरी मात्र उपस्थित रहने व्यवस्था गरेर विवाह, व्रतबन्ध, न्वारन, पास्नी जस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था भएको छ । सवारी साधनमा जोर बिजोर लागू गरिएको थियो, त्यो आजबाट हटाइएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित गराउने । जनस्वास्थ्यको मापदण्ड एवं सम्बन्धित खेलको अन्तर्राष्ट्रिय प्रोटोकल पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न पाउने । सार्वजनिक सेवा लिन सबैले खोप कार्ड लिनुपर्ने यो निरन्तर छ । यसको प्रतिक्रिया पनि राम्रो छ । यो आदेशको प्रभावकारी कार्यान्वयनको लागि हामी आम नागरिकहरुलाई विशेष अपिल गर्दछौँ । जोखिमलाई मध्यनजर गरेर हामीले यी आदेशहरुको कार्यान्वयन र अनुगमन पनि गरिरहेका छौँ । आगामी दिनमा परिस्थितिलाई नजिकबाट अनुगन हुन्छ, विश्लेषण हुन्छ । त्यसको प्रभावको मूल्यांकन हुन्छ र सोही बमोजिम आदेशहरु परिमार्जन हुने सम्भावना हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रम गर्दा बढीमा १०० जना उपस्थित हुन सक्ने र उपस्थितले खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने बताउनु भयो । उहाँले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन अनुगमन पनि गरिने स्पष्ट पार्नुभयो । जिल्ला प्रशासनले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित हुनसक्ने र सार्वजनिक सेवा लिनेहरुले कोरोनाको पूर्ण मात्रा खोप लगाइसकेको हुनुपर्ने पनि निर्देशनमा उल्लेख गरेको छ ।