३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विश्व पर्यटन दिवशका अवसरमा पथप्रर्दशक तालिम

विश्व पर्यटन दिवशका अवसरमा पथप्रर्दशक तालिम
अ+ अ-

कीर्तिपुर । विश्व पर्यटन दिवशका अवसरमा कीर्तिपुरमा साँझको पर्यटन प्रवद्र्धन गर्ने पथप्रर्दशक तालिम गरिएको छ ।

कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवी समाजले मिलेर सोमबार पथप्रर्दशक तालिम आयोजना गरेको थियो। प्रख्यात सामाजिक उद्यमी तथा विज्ञ अनिल चित्रकारले स्थानीय पथप्रर्दशकलाई सशक्तिकरण गर्ने उपाएहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कीर्तिपुरको कथा कथनको कलाका विषायमा यो तालिम केन्द्रित रहेको थियो। कार्यक्रममा ३० जना कीर्तिपुर गाइड संघका सदस्यहरू र अन्य सहभागीहरु रहेका थिए ।

यो प्रशिक्षण सत्र किर्तिपुरको अनुपम सम्पदा र सांस्कृतिक प्रस्तुतिलाई व्यापक दर्शकमाझ प्रवर्द्धन गर्ने चलिरहेको अभियानको एक हिस्सा हो। यसअघि पनि नक्सा, तस्विर र भिडियोहरू सिर्जना गरी कीर्तिपुरको डिजिटल उपस्थिति अभिवृद्धि गर्न अर्को सत्र आयोजना गरिएको थियो। अभियानको मुख्य आकर्षण भनेको विश्व पर्यटन दिवशका अवसरमा असोज १० मा आयोजना गरिने सन्ध्याकालिन सम्पदा पदयात्रा हो । यस कार्यक्रममा सहभागीहरूलाई कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गरिनेछ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले साँझको पर्यटन प्रवद्र्धनमा सक्रिय सहभागिताप्रति उत्साह व्यक्त गर्दै उहाँले यो लक्ष्य हासिल गर्न असोज १० को सन्ध्याकालिन सम्पदा पदयात्रा महत्वपूर्ण कडी हुने बताउनुभयो ।

नक्सा र सामाजिक सञ्जाल जस्ता पर्यटन प्लेटफर्महरूमा कीर्तिपुरको लागि बलियो डिजिटल उपस्थिति स्थापित गर्न नगरपालिकालाई सहयोग कीर्तिपुर स्वयंसेवक समाजले गरिरहेको छ । यो समुदायमा आधारित संस्थाले कीर्तिपुरको आकर्षण र आकर्षण विश्वव्यापी दर्शकमाझ पुग्ने कुरा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

सन्ध्याकालिन सम्पदा पदयात्राका मुख्य पथप्रदर्शक अनिल चित्रकारले कीर्तिपुरको स्थान पहाडी सहरको रूपमा रहेको, जुन एक प्रमुख पर्यटन ब्रान्ड पनि हो भन्ने कुरामा जोड दिए। उनले काठमाडौं उपत्यकाभित्र पनि उचाईमा रहेको कीर्तिपुरको आफ्नै विशेषता रहेको बताउनुहुन्५ । यस स्थानबाट देखिने मनमोहक दृश्यहरूले कीर्तिपुरको विशेष महत्व राख्द। कीर्तिपुर स्वयंसेवक समाजका कोषाध्यक्ष विकास डंगोलले सम्पदा पदयात्राको तयारी सम्पन्न भएको र सहभागीलाई स्वागत गर्न आतुर रहेको जानकारी दिए ।