२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, चार मन्त्री नियुक्त



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारमा आज थप चार मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार चार मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

योसँगै, मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री गरी कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री कार्कीले खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारीलाई नियुक्त गरेका छन् । उस्तै, उनले रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

कार्कीले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । उनले मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।

 




भर्खरै