७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्सः भारतीय महिला क्रिकेट टोलीलाई स्वर्ण



अ+ अ-

एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले सोमबार हाङ्झाउमा इतिहास रच्यो । एसियाली खेलकुद २०२३ को महिला क्रिकेटको फाइनलमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले श्रीलंकालाई १९ रनले पराजित गर्दै स्वर्ण पदक जित्यो ।

एसियाली खेलकुदमा पहिलो पटक सहभागी भएको भारतीय महिला क्रिकेट टोलीले स्वर्ण पदक जितेर इतिहास रच्न सफल भयो । योसँगै एसियाली खेलकुदमा भारतले दोस्रो स्वर्ण पदक जित्यो ।

१ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले राम्रो सुरुवात गराइन् । दीप्ती शर्माले बलिङ गरेको इनिङ्सको पहिलो ओभरमा एक छक्का र एक चौका प्रहार गर्दै उनले १२ रन बनाइन् ।

तर त्यसपछि भारतका फास्ट बलर तीतस सिद्धुले आफ्नो छाप छोडिन् । उनले आफ्नो पहिलो ओभरमा अनुष्का सञ्जीवनी (१) र विश्मी गुणरत्नेलाई शिकार बनाइन् । गुणरत्नेले खाता खोल्न सकिनन् ।

यसपछि सिद्धुले कप्तान चमारी अटापट्टु (१२)लाई दीप्ती शर्माले कभरमा क्याच आउट गराएर श्रीलंकालाई ठूलो झटका दिइन् । यसपछि हसिनी परेरा (२५) र निलाक्षी डी सिल्भा (२३)बीच साझेदारी त भयो तर दुवैले रनरेट बढाउन सकेनन् ।

भारतीय बलरहरूले नियमित अन्तरालमा विकेट लिए र श्रीलंकालाई लक्ष्यको पहुँचबाट टाढा राखे । अन्तिम ओभर राजेश्वरी गायकवाडले बलिङ गर्दै भारतको जित पक्का गरिन् । भारतका लागि तीतस सिद्धुले सर्वाधिक ३ विकेट लिइन् । राजेश्वरी गायकवाडले दुईवटा सफलता हात पारिन् । दिप्ती शर्मा, पूजा वस्त्रकार र देविका वैद्यले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको भारतको सुरुवात राम्रो हुन सकेन । शफाली वर्मा (९) लाई कुमारीले स्टम्पिङ गरिन् । यहाँबाट स्मृति मन्धाना (४६) र जेमिमाह रोड्रिगेज (४२)ले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै भारतलाई १०० रनको नजिक पुर्याएका थिए । मन्धनाले अर्धशतक बनाउन चुकिन् । उनले ४५ बलमा चार चौका र एक छक्काको मद्दतले ४६ रन बनाइन् ।

मन्धना आउट भएपछि भारतीय इनिङ्स खस्कियो । ऋचा घोष (९), कप्तान हरमनप्रीत कौर (२ं), पूजा वस्त्रकार (२), अमनजोत कौर (१) रन जोड्दै सस्तैमा पेभिलियन फर्किए । जेमिमा पनि अन्तिम ओभरमा आउट भइन् । उनले ४० बलमा ५ चौकाको मद्दतले ४२ रन बनाइन् । श्रीलंकाका लागि उदेशिका प्रबोधिनी, सुगन्धिका कुमारी र इनोका रणविराले दुई–दुई विकेट लिए ।