१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । साफ यु–१९ फुटबल च्याम्पियनसिपमा निर्णायक खेलमा माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ ले हराउदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफको समाप्तिमा नेपालले माल्दिभ्सविरुद्ध २-० को अग्रता लिएको थियो । नेपालका लागि प्रशान्त लकसमले १८ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पछि खेलको ३० औ मिनेटमा गोल गर्दै समिर तामाङले टीमलाई दोब्बर अग्रता दिलाए ।

पछि माल्दिभ्सले खेलको ५८ औ मिनेटमा गोल गरेर २-१ को स्थितीमा ल्याएका थिए । यस्तै, खेलको ८८ औ मिनेटमा गोल गर्दै नेपालका निराजन धामिले टिमलाई सेमिफाईनलको लागि पक्का गराए । थप समयको अन्तिम मिनेटमा समिर तामाङले पुन: गोल गरे । समिरको गोलसँगै नेपालले माल्दिभ्सलाई ४-१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।

समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा गईसकेको छ । समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।

आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।