३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राखेका छन् । नयाँ बानेश्वरको सडकमा सुतेर उनीहरुले प्रदर्शन जारी राखेका हुन् ।

उनीहरूले शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघ र सरकारबिचको सम्झौतामा असहमति जनाउदै आन्दोलन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको भन्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।