२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन – तस्बिरहरु



अ+ अ-

जनकपुर। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी हुनुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो ।

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आउनुभएको हो ।

राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।