२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन – तस्बिरहरु



अ+ अ-

जनकपुर। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी हुनुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो ।

महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आउनुभएको हो ।

राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।