३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

बेइजिङमा विजनेस समिटः नेपालमा चिनियाँ लगानी आह्वान

बेइजिङमा विजनेस समिटः नेपालमा चिनियाँ लगानी आह्वान
अ+ अ-

बेइजिङ । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ ।”

यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राख्नुभएको थियो । नयाँदिल्लीमा आयोजित नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको थियो । चिनियाँजस्तै भारतीय उद्योगीलाई पनि नेपालमा लगानीका लागि उहाँले अपिल गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त रु यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए ।

ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।”

चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उहाँको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उहाँको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित विजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य हो भन्नुभयो । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उहाँको धारणा थियो ।

नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उहाँले सो सम्मेलनमा पेश गर्नुभएको थियो ।

“यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमै आएका छन् । पछिल्लो समय नेपालमा पर्यटक आगमनमा सकारात्मक मात्रामा वृद्धि भएको छ र त्यसमा पनि चिनियाँ पर्यटक बढेका छन् । हामी अबका दिनमा थप प्रगतिका साथ अघि बढ्न विदेशी लगानीलाई प्रवद्र्धन गर्न चाहन्छौँ”, अध्यक्ष ढकालले भन्नुभयो ।

सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो । सोही समिटमा आइएमइ ग्रुपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्मेलनमा नै नेपालको सिजी मोटर्स् र चीनको जिएसी मोटर्स्का बीचमा पनि आगामी दिनको संयुक्त लगानी एवं सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चीनका कम्तीमा पनि एक सय २० उद्योगी व्यवसायीको उपस्थिति रहेको सो संयुक्त लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि नेपालमा चिनियाँ लगानी आकर्षित गर्न गरिएको सामान्य सुरुआतका रुपमा लिन सकिने सम्मेलनमा उपस्थित नेपाली र चिनियाँ व्यवसायीले बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको लगानी तथा वैदेशिक मामिला फोरमका सभापति मनोज पौडेलले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, स्टार्टपलगायतमा अहिले लगानीका अधिक सम्भावना रहेकाले नेपालमा लगानी गर्ने जुनसुकै विदेशी लगानीकर्ताले पनि राम्रो प्रतिफल लिन सक्ने बताउनुभयो ।

महासङ्घले पनि प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यक परेका ठाउँमा सहजीकरण एवं सहायता गर्न एफडिआइ हेल्प डेस्क स्थापना गरेर काम गरिरहेको जानकारी दिँदै आर्थिक कूटनीतिका माध्यमबाट नेपाल सरकार र यसका सबै विदेशी नियोगले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणका लागि काम गर्नुपर्ने सुझाव सो सम्मेलनमा उहाँले दिनुभयो ।

सम्मेलनमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतका उद्योगी व्यवसायीले नेपालमा वैदेशिक लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेर नेपाल सरकारले आफ्ना निकाय एवं नियोगलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सो सम्मेलनमा नेपालका करिब ५० जना उद्योगी व्यवसायीको सहभागिता रहेको छ ।

सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।

नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा छ । उत्तरी चीन र दक्षिणी भारतको जनसङ्ख्या झण्डै पौने तीन अर्ब छ । यो जनसङ्ख्या पनि नेपालमा हुने कुनै पनि लगानीको बजार हो । त्यस्तै उनीहरु बाह्य मुलुकमा पर्यटक भएर पुग्दा यता नेपालका विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य छानिदिए भने हामी केही लाख पर्यटक खोज्न अरु देशतिर धाउनै पर्दैन । नेपालमा लुम्बिनी, पोखरा, मनाङ, मुस्ताङजस्ता विश्वका उत्कृष्ट गन्तव्य छन् र पछिल्लो समयमा पर्यटन पूर्वाधार पनि निर्मण भइरहेका छन् । त्यसैले पर्यटन क्षेत्रमा भित्र्याउन सक्ने वैदेशिक लगानीले पनि हाम्रो समृद्धिको यात्रा धेरै छोट्याउने छ ।

त्यसैले लगानी या विजनेस सम्मेलन गरी लागनीका लागि आह्वान गर्नुको साथसाथै अपेक्षितरुपमा नेपालमा वैदेशिक लगानी किन आउन सकेको छैन भन्ने बारेमा पनि खोज्नुपर्छ । हामीलाई लगानीका लागि बाचा दिएका विदेशी लगानीकर्ता अन्तिममा किन नेपालप्रति आकर्षित हुन सकिरहेका छैनन् भन्ने विषयको खोजीका लागि आर्थिक कूटनीतिको औजार प्रयोग गर्नसके त्यसको जवाफ भेटिन सक्छ । रासस