२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री चीन भ्रमण: आज द्विपक्षीय वार्ता हुँदै



अ+ अ-

बेइजिङ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०:५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नुहुनेछ ।

भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गर्नुभएको छ ।

एकराज पाठक/रासस