३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपः ‘गर या मर’ को स्थितीमा नेपाल



अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यू–१९ च्याम्पियनसीपअन्तर्गत नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल अपरान्ह साढे १ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नुको अर्को विकल्प छैन ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । यता, माल्दिभ्सले भने नेपालसँग बराबरी खेले पनि सेमिफाइनलको यात्रा गर्नेछ । माल्दिभ्सले पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूह ‘ए’ बाट पाकिस्तानले भने सेमिफाइनलको टिकट काटिसकेको छ । यस्तै, समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।

आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छन् ।