• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई ,पद्मश्री साधना सम्मान वात्सायनलाई अर्पण गरिने



चितवन । २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा। देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई अर्पण गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पुरस्कारको बारेमा जानकारी गराएको छ।

प्रतिष्ठानका अनुसार प्राप्त १८० पुस्तक मध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरेका थियो । त्यस मध्ये डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई अर्पण गर्ने घोषणा गरेको हो ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान अध्यक्ष, जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ । शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने छ । सबै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।