२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई ,पद्मश्री साधना सम्मान वात्सायनलाई अर्पण गरिने



अ+ अ-

चितवन । २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा। देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई अर्पण गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पुरस्कारको बारेमा जानकारी गराएको छ।

प्रतिष्ठानका अनुसार प्राप्त १८० पुस्तक मध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरेका थियो । त्यस मध्ये डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई अर्पण गर्ने घोषणा गरेको हो ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान अध्यक्ष, जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनु हुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ । शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने छ । सबै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।