६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मड्रिड डर्बी’मा एट्लेटिकोसँग रियल पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्ग रियल मड्रिडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा शहरी प्रतिद्वन्द्वी एट्लेटिकोसँगको मड्रिड डर्बीमा रियल ३–१ गोलले स्तब्ध बनेको हो ।

एट्लेटिकोलाई घरेलु मैदानमा जित दिलाउन अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । रियलका टोनी क्रुसले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा नै मोराटाले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई १–२ को अवस्थामा ल्याउँदै खेलमा फर्काउन खोजे । तर, ४६ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई ३–१ गोलले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र एट्लेटिकोको पक्षमा नतिजा आयो । यो नतिजासँगै रियल ६ खेलमा ५ जितसहित १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

रियलको जारी सिजनमा यो पहिलो हार समेत हो । एट्लेटिको ५ खेलमा १० अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।