७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मड्रिड डर्बी’मा एट्लेटिकोसँग रियल पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्ग रियल मड्रिडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा शहरी प्रतिद्वन्द्वी एट्लेटिकोसँगको मड्रिड डर्बीमा रियल ३–१ गोलले स्तब्ध बनेको हो ।

एट्लेटिकोलाई घरेलु मैदानमा जित दिलाउन अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । रियलका टोनी क्रुसले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा नै मोराटाले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई १–२ को अवस्थामा ल्याउँदै खेलमा फर्काउन खोजे । तर, ४६ औं मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई ३–१ गोलले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र एट्लेटिकोको पक्षमा नतिजा आयो । यो नतिजासँगै रियल ६ खेलमा ५ जितसहित १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

रियलको जारी सिजनमा यो पहिलो हार समेत हो । एट्लेटिको ५ खेलमा १० अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।