७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र टोटेनहमको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र टोटेनहमले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न ‘नर्थ लण्डन डर्बी’मा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । खेलको २६ औं मिनेटमा आर्सनलका बुकायो साकाले प्रहार गरेको बल टोटेनहमका क्रिस्टियन रोमेरोलाई लागेर आत्मघाती गोल हुन पुगेको थियो ।

तर, ४२ औं मिनेटमा टोटेनहमका कप्तान सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । ५४ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । जसलाई बुकायो साकाले खेर जान दिएनन् ।

डि–बक्स भित्र रोमेरोकै हातमा बल लागेपछि आर्सनलले पेनाल्टी जितेको थियो । यस गोलबाट आर्सनल २–१ ले अघि बढ्यो । तर, त्यसको एक मिनेटपछि नै अर्थात् ५५ मिनटेमा सनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि सफल हुन सकेनन् र एक–एक अंक बाँडे । यो नतिजासँगै टोटेनहम ६ खेलबाट १४ अंकका साथ चौंथो तथा समान खेलबाट समान अंकसहित आर्सनल पाँचौं स्थानमा रहेको छ ।