• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

आर्सनल र टोटेनहमको बराबरी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र टोटेनहमले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न ‘नर्थ लण्डन डर्बी’मा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । खेलको २६ औं मिनेटमा आर्सनलका बुकायो साकाले प्रहार गरेको बल टोटेनहमका क्रिस्टियन रोमेरोलाई लागेर आत्मघाती गोल हुन पुगेको थियो ।

तर, ४२ औं मिनेटमा टोटेनहमका कप्तान सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । ५४ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । जसलाई बुकायो साकाले खेर जान दिएनन् ।

डि–बक्स भित्र रोमेरोकै हातमा बल लागेपछि आर्सनलले पेनाल्टी जितेको थियो । यस गोलबाट आर्सनल २–१ ले अघि बढ्यो । तर, त्यसको एक मिनेटपछि नै अर्थात् ५५ मिनटेमा सनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि सफल हुन सकेनन् र एक–एक अंक बाँडे । यो नतिजासँगै टोटेनहम ६ खेलबाट १४ अंकका साथ चौंथो तथा समान खेलबाट समान अंकसहित आर्सनल पाँचौं स्थानमा रहेको छ ।