२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको निर्देशन



अ+ अ-

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन (असोज २९ र ३० गते) अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।

विद्यार्थीहरुको पढाइलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।