• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

क्रिकेट टोलीद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण – फोटोफिचर



एजेन्सी । राष्ट्रिय क्रिकेट टोलीले पशुपति क्षेत्रमा वृक्षरोपण तथा सरसफाई अभियान सम्पन्न गरेको छ । शनिबार क्रिकेट टिमका खेलाडी तथा सदस्यहरु पशुपति क्षेत्र वरपर सरसफाइ र रूख रोप्नमा सहभागी भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) उक्त अभियानको तस्बिरहरु सार्वजनिक गरेको छ । यसैबीच, चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन नेपाली क्रिकेट टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

तस्बिरः क्यान