३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गरिँदै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (पर्शुराम) बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रिय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको बताउनु भयो । 

उहाँले खेलकुद महासंघको सदस्यता लिएका खेलाडी तथा खेल प्राविधिकहरुको खेलकै क्रममा दुर्घटना भई घाईते भएमा उपचारार्थ सहजीकरण गर्ने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने, बंगलादेशमा सम्पन्न भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुन सफल नेपाली महिला टिमलाई आगामी फागुन ७ गते नगदसहित सम्मान गर्ने पनि निर्णय गरेको बताउनु भयो । 

संयोजक बस्नेतले भन्नुभयो, ‘यो आयोजक कमिटीले तीव्र गतिमा आफ्ना आवादीक सबै तहका अधिवेशनहरु सम्पन्न गर्नेछौँ । जसरी हामीले सातै प्रदेशका अधिवेशनहरु प्रजातन्त्र दिवसको अवसरमा हामीले त्यसको उद्घाटन गर्नेछौँ । हामीले फागुन २१ गते सुखानी शहीदहरुको सम्झनामा प्रदेश १ को अधिवेशन सम्पन्न गरेर त्यसको समापन गर्नेछौँ । 

फागुन ७ गते राष्ट्रको नाम राख्ने विभिन्न पदक प्राप्त खेलाडीहरु जस्तो भलिबल टिमले नेपाललाई संसारमा चिनाउँदै जुन विजय हासिल गरेको छ, त्यो टिमलाई हामी नगदसहित सम्मान गर्ने योजना बनाएका छौँ । अर्को कुरा वर्षभर पदक ल्याउनेहरु विभिन्न अफिसियल, अन्तराष्ट्रिय गेमहरुमा पदक ल्याउने खेलाडीहरु र उत्कृष्ट खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्ने, पदक बढी ल्याउनका लागि उत्साहीत गर्ने त्यो खालको इच्छाशक्ति, बल, क्षमता वृद्धिका लागि पहल गर्नेछ । 

खेलकुदलाई कुनै पनि बहानामा सरकारले गति शुन्य राख्न सक्दैन । गतिविधि तीव्र गतिमा गर्नका लागि चरणवद्ध पहलकदमी गरिरहेका छौँ । हामी मेचीदेखि महाकालीसम्म खेल जागरण अभियान शुरु गर्न गइरहेका छौँ । मेचीदेख शुरु गरेको खेल जागरण अभियान महाकालीमा गएर समापन गर्नेछौँ । यसले खेलाडीहरु खेलप्रेमीहरुलाई जोड्न सहज हुने विश्वास छ ।’

महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलताका कारण आम खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै महासंघले नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति अविलम्व घोषणा गर्न, खेल र खेलाडीको हकहीत, अधिकार र सामाजिक सुरक्षाका लागि पनि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।